निजामती कर्मचारीको दोहोरो सुविधा कटौती

निजामती कर्मचारीको दोहोरो सुविधा कटौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने कानुनी व्यवस्था गरिने भएको छ। सरकारी कोषबाट तलब पाउने गरी पुनः लाभको पदमा नियुक्ति भए त्यस्ता कर्मचारीको पेन्सन सुविधा कटौती हुनेछ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामती कर्मचारी सेवाको गठन र सञ्चालनसम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरुले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाइने प्रावधानमा सहमति गरेको छ।

मन्त्रिपरिषदले पनि सेवा निवृत्त कर्मचारीलार्य दोहोरो सुविधा नदिने निर्णय गरेको छ। तर, यो निर्णय पूर्णरुपमा पालना भएको छैन। याे समाचार कान्तिपुर दैनिकमा छ ।