निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : तीन चरणमा २२ लाख रुख काटिँदै

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : तीन चरणमा २२ लाख रुख काटिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन चरणमा रुख काट्ने प्रस्ताव अघि सारेको छ।  एकैपटक २४ लाख रुख काट्न थालिएको भन्दै व्यापक विरोध भएपछि मन्त्रालयले तीनपटक गरी २२ लाख ३५ हजार रुख काट्ने प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा पेश गरेको हो।

‘आवश्यक रुख बिस्तारै काट्ने योजनाअनुसार तीन चरणमा काट्न वन मन्त्रालयमा प्रस्ताव गरेका छौँ’, नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले भने, ‘वन मन्त्रालयबाट स्वीकृत भएपछि विमास्थल निर्माणका लागि रुख काट्न सुरु हुन्छ।’

पहिलो चरणमा दुई हजार पाँच सय ९३ दशमलव ९५ हेक्टरका सात लाख ६९ हजार ६ सय ९१ रुख काट्ने प्रस्ताव छ। पोल आकारका पाँच लाख ७५ हजार दुई सय ११ र साना आकारका एक लाख ९४ हजार चार सय ८० रुख छन्।

दोस्रो चरणमा दुई हजार ८६ दशमलबव ४० हेक्टर क्षेत्रका ६ लाख ९२ हजार आठ सय तीन रुख काट्ने प्रस्ताव छ। पाँच लाख ३१ हजार ६ सय ४८ पोल आकारका र एक लाख ६१ हजार एक सय ५५ साना रुख छन्। तेस्रो चरणमा दुई हजार एक सय ५० दशमलव ७५ हेक्टर क्षेत्रका सात लाख ७३ हजार चार सय ४८ रुख का्ने प्रस्ताव गरिएको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।