बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बहुमत सचिवालय सदस्यहरुको निरन्तरको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउन तयार भएका थिए ।

आजको बैठकमा सरकारका कामकारबाही, मन्त्रिमण्डल पुर्नगठन, राजदूतको नियुक्तीको सिफारिस, पार्टीको विवाद समाधान र स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

त्यस्तै सचिवालय सदस्यहरुले केन्द्रीय कमिटी बैठक अगावै स्थायी कमिटीको बैठक बोलाउन पनि माग गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् ।