एमसीसीबारे छलफल गर्न नेकपाले सचिवालयको बैठक बोलायो

एमसीसीबारे छलफल गर्न नेकपाले सचिवालयको बैठक बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ  दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालयको बैठक बोलाएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा अ‍ोली एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलछले सोमबार दिउँसो ४ बजे बैठक बोलाउने निर्णय भएको हो ।

सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले तत्काल एमसीसी दनबाट पास गर्ने पक्षमा छन् भने अध्यक्ष प्रचण्डसहितका केही नेताहरुले विगमती राख्दै आएका छन् ।