काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको व्यस्तताका कारण देखाउँदै मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको स्रोतले जानकारी दियो । अर्को बैठकको समयतालिका तोकिएको छैन् ।
आज बस्ने भनिएको बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल गर्ने कार्यमसूची थियो ।
गत आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफलपछि मंगलबारका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।
प्रधानमन्त्री ओली तत्काल एमसीसी सदनबाट पास गर्ने पक्षमा छन् भने अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठसहितका केही नेताहरुले विमती राख्दै आएका छन् ।




प्रतिक्रिया