काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । आइतबार सााझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक अचानक स्थगित भएको हो ।
नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच सचिवालय वैठक बोलाउने सहमती भएको थियो ।
शुक्रवार दुवै नेताबीच भएको भेटमा आइतवार चार बजे वैठक बोलाउने सहमती भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई धपेडी भएका कारण बैठक स्थगित भएको जानकारी दिएका छन् ।
यसअघि नेकपाको सचिवालय वैठक वोलाउने निर्णय भएपनि वैठक अन्तिम समयमा स्थगित हुंदै आएको छ ।
वैठकमा संविधान संशोधन विद्येयक पारित गरिसकेपछिको राजनितिक अवस्था, मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) र मन्त्रिपरिषदको पुर्नगठनलगायतका विषयमा छलफल हुने कार्यतालिका थियो ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसीलाई अघि बढाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्य एमसीसी सम्झौतामा संशोधन नगरी पारित गर्न नहुने अडानमा छन् ।




प्रतिक्रिया