काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाएको छ । नेकपाले यही असार १० गते बिहान १० बजेका लागि बैठक आह्वान गरेको हो ।
बुधबार अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्ताका क्रममा बैठक बोलाउने सहमति भएको हो ।
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने सम्बन्धमा नेकपाभित्र मत विभाजित रहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष अोलीसहितका नेताहरु एमसीसीको पक्षमा रहेका छन् भने अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु एमसीसीको विपक्षमा रहेका छन् ।
प्रधानन्त्री अोली जसरी पनि एमसीसी पास गर्ने पक्षमा छन् । तर, पार्टीभित्र विवाद रहेका कारण एमसीसीमा सहमति हुन सकेको छैन् । बैठकमा एमसीसीको बारेमा गहन छलफल हुने नेताहरुले बताएका छन् ।




प्रतिक्रिया