नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, ५ वटा एजेण्डामा छलफल हुने

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, ५ वटा एजेण्डामा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पछिल्ले समय निकै नै पेचिलो बनेको एमसीसीलगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ ।

बैठकमा मुख्य गरी वर्तमान परिस्थिति र स्थायी कमिटी बैकको सम्बनधमा अध्यक्षद्वले मन्तव्य राख्ने, सरकारको काम, पार्टी एकताका बाँकी काम, एमसीसी र विविध गरी पाँच वटा एजेण्डामा छलफल हुनेछन् ।

कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचार, नेपालको सीमा समस्या समाधान र अन्य विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।