काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) स्थायी कमिटी बैठकमा अध्यक्षलाई सोफा र आफूलाई साधारण कुसीको व्यवस्था गरिएको भन्दै विरोध भएपछि अध्यक्षको सोफा हटाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार शुरू भएको स्थायी कमिटी बैठकको मञ्चमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोफाको व्यवस्था गरिएको र अन्य पदाधिकारीहरुलाई साधारण कुर्सीको व्यवस्था गरिएको भन्दै बैठकमा सहभागीहरुले विरोध गरेपछि सबैलाई समान कुर्सीको व्यवस्था गरिएको हो ।
बैठकमा भीम रावलसहितका केही नेताहरुले कम्युनिस्ट पार्टीबीच नै विभेद गरिएको बताएपछि सोफा हटाइएको थियो ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अनुपस्थित भएको शुक्रवारको बैठकको शुरूमा प्रचण्ड सोफामै बसेका थिए भने ओलीका लागि व्यवस्था गरिएको सोफा खाली थियो । तर, बैठक सकिनु केही समय अगाडि कुर्सी परिवर्तन गरिएको थियो ।




प्रतिक्रिया