अन्ततः नेकपाकाे एकताले पूर्णता पायो

अन्ततः नेकपाकाे एकताले पूर्णता पायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता निर्णयको १४ महिनापछि पूर्णता पाएको छ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको मंगलबारको छलफलले एकताको कामलाई निष्कर्षमा पुर्‍याएको हो। बैठकमा अध्यक्षद्वयका साथसाथै महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी थिए। बैठकले  केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटाएको हो।

महासचिव विष्णु पौडेलका अनुसार छिट्टै बस्ने सचिवालय बैठकमा सहमति प्रस्तुत गरिनेछ । दुई दलबीच ३ जेठ ०७५ मा एकता भएको थियो। १४ महिनासम्म पार्टी एकताका केही काम टुंगिन बाँकी थिए। विशेषगरी केन्द्रीय सदस्यहरुको कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी, विभाग तथा आयोगहरु टुंगिन बाँकी थिए। नेकपा अध्यक्षद्वयले केही दिनअघि सार्वजनिक कार्यक्रममा नै असार मसान्तमा बाँकी काम सक्ने बताएका थिए।