ओलीविरुद्ध मोर्चाबन्दी कस्ने झम्सीखेल बैठकको निर्णय

ओलीविरुद्ध मोर्चाबन्दी कस्ने झम्सीखेल बैठकको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको विवादबारे छलफल गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताको बैठक ललिपुरको झम्सीखेलमा सम्पन्न भएको छ ।

बुधबार साँझ अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, माधवकुमार नेपाल, रामबहादुर थापा बादल, नाररायणकाजी श्रेष्ठ र देवेन्द्र पौडेलसहितको बैठकले प्रधानमन्त्रीओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको हो ।

बैठकले ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष समेत निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । प्रधानमन्त्री ओलीविरुद्ध शसक्त रुपमा अगाडि बढ्ने ती नेताले बताए ।

आजको बैठकले नेकपाको स्थायी कमिटी बैठकबारे थप रणनीति तय गरेको ती नेताले बताएका छन् । मंगलबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डसहित, खनाल, नेपाल र उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन आग्रह गरेका थिए ।