काठमाडौँ— तत्कालीन एमालेको भागमा परेका शक्तिशाली नेकपाका विभागहरूको नेतृत्व बाँडफाँटको टुंगो लागेको छ।
नेकपा सचिवालयमा प्रतिनिधित्व गर्ने ६ जना पूर्व एमाले नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै बैठक गरेर नेतृत्वको भागवण्डा गरेका हुन्।
बिहीबार राति बसेको बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल र संगठन विभाग प्रमुखमा सचिवालय सदस्य बामदेव गौतमलाई पठाउने निर्णय गरेको हो। नेता नेपाल यसअघि पनि एमालेमा विदेश विभाग प्रमुख थिए।
तत्कालिन एमालेमा शक्तिशाली मानिने नेता गौतम बर्दियाबाट चुनाव हारेपछि भूमिकाबवहीन छन् । नेकपा उच्च स्रोतका अनुसार यो सहमतिमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली राजी भएका हुन्।
नेकपाका ३२ वटा विभागमध्ये १८ वटामा पूर्वएमाले र १४ वटामा पूर्व माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि भइसकेको थियो।
बैठकमा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, नेता गौतम लगायतका नेता सहभागी थिए।
नेकपामा संगठन, स्कूल, विदेश, प्रचार, अर्थिक विभाग शक्तिशाली विभाग मानिन्छन् । तत्कालिन माओवादीको कोटामा परेका विभागको नेतृत्व कसले लिने भन्ने टुंगो लाग्न बाँकी छ।




प्रतिक्रिया