नेकपा विवाद समाधानका लागि हस्ताक्षर संकलन, स्थायी कमिटी बैठक कुर्दै

नेकपा विवाद समाधानका लागि हस्ताक्षर संकलन, स्थायी कमिटी बैठक कुर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सदस्यहरुले हस्ताक्षर संकलन गरेका छन् । नेकपाका एक चौथाई सदस्यहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेका हुन् ।

केन्द्रिय कमिटी सदस्य ठाकुर गैरेकाअनुसार १ सय ११ जनाभन्दा बढी सदस्यले हस्ताक्षर गरिसकेका छन् । मंगलबार बस्ने स्थायी कमिटी बैठकले नेकपाभित्रको विवाद समाधान नगरे हस्ताक्षर बुझाउने उनले बताए ।

गत असार १८ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री अ‍ोलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छोड्नुपर्ने अडान लिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको निरन्तरको छलफलपछि पनि नेकपाको विवाद हल हुन सकेको छैन् ।