नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ जना केन्द्रीय सदस्यले बुझाए पत्र

नेकपा केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ जना केन्द्रीय सदस्यले बुझाए पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गराएका छन् ।

बुधबार पार्टी कार्यालयमा केन्द्रीय कमिटी बैठक माग गर्दै पत्र बुझाएको सदस्य ठाकुर गैरेले जानकारी दिए । स्थायी कमिटी बैठक करिब १ महिनादेखि स्थगित हुँदै आएको अवस्थामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने उनीहरुको माग
छ ।

अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको बताएका छन् ।

पत्रमा भनिएको छ, ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पाछर्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’ यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग छ ।

‘महासचिव व्यस्त भएर आउनुभएन । हामीले कार्यालयका सचिवमार्फत दुई अध्यक्षलाई पुग्नेगरी पत्र हस्तान्तरण गरेका छौं’, उनले भने ।