प्रदेश राजधानीबारे असन्तुष्टी जनाउँदै समिति सभापति श्रेष्ठले दिए राजीनामा

प्रदेश राजधानीबारे असन्तुष्टी जनाउँदै समिति सभापति श्रेष्ठले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – प्रदेश ५ को राजधानीका विषयमा असन्तुष्ट रहेका प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन् ।

संयोजक श्रेष्ठले बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने अडान लिँदै आएका छन् । उनले बुटवलबाट प्रदेश राजधानी सार्ने विषयमा जनताको भावना विपरित भएको बताउँदै राजीनामा दिएका हुन् ।

रुपन्देहीको बुटवललाई प्रदेशको राजधानी कायम गर्नुपर्ने अडान राख्दै प्रदेश ५ को प्रदेश सभाले विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । श्रेष्ठ बुटवल २ (क) बाट निर्वाचित नेकपा सांसद हुन् ।