काठमाण्डु – प्रदेश नम्बर ५ को राजधानी बुटवलबाट दाङ सारे २३ सय व्यापारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्ने घोषणा गरेका छन् ।
मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै राजधानी सार्ने प्रस्ताव सदनबाट पारित भए २२ सय ४९ जना नेकपानिकट उद्योगी र व्यापारीले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् ।
प्रदेश नम्बर ५ को राजधानी बुटवलबाट दाङ सार्ने प्रस्ताव सदनमा पेश भएसँगै रुपन्देहीका काँग्रेस र नेकपाका नेता कार्यकर्ता आन्दोलित हुँदै आएका छन् ।




प्रतिक्रिया