काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका नेकपा नेताहरुलाई काठमाण्डु बोलाएका छन् ।
मंगलबार दिउँसो बालुवाटारमा बसेको दुई अध्यक्षबीचको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, मन्त्री प्रकाश ज्वाला, सांसद यामलाल कँडेल, गुलावजंग शाही र सांसद चन्द्रहादुर शाहीलाई काठमाण्डु आउन निर्देशन दिएका हुन् ।
उनीहरुलाई असोज २९ गतेभित्र काठमणडु आइसक्न निर्देशनमा भनिएको छ । मंगलबार एक निर्देशनात्मक पत्र लेख्दै अध्यक्षद्वयले कर्णालीमा भइरहेका हालका सबै गतिविधि बन्द गर्न भनेका छन् ।
‘मंगलबार भएको छलफलपछि अध्यक्ष ओली र प्रचण्डजीले तत्काल काठमाण्डुमा आउन भन्नुभएको छ । यो भेटपछि नेकपा कर्णालीभित्रको अन्त्यहुने अपेक्षा गरिएको छ’, नेकपाका एक नेताले भने ।
मुख्यमन्त्री शाहीविरुद्ध तत्कालिन माओवादीका तीन जना सांसदसहित १८ जनाले अश्विासको प्रस्ताव दर्ता गराएपछि नेकपा कर्णालीको विवाद उत्कर्षमा पुगेको हो ।




प्रतिक्रिया