ओली र प्रचण्डको नेकपा खारेज, ऋषिको पक्षमा फैसला

ओली र प्रचण्डको नेकपा खारेज, ऋषिको पक्षमा फैसला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

सर्वोच्च अदालतको न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता नाम कट्टेललाई दिएको हो ।

झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा आज सर्वोच्च अदालतले आज निर्णय सुनाएको हो ।

यसअघि गएको २० गते बिहीवार निर्णय सुनाउने मिति तोकिएको भए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा भएकाले फैसला स्थगित गरिएको थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै २०७५ सालको मंसिर ५ गते ऋषि कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । मुद्दामा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई आयोगले आधिकारिकता दिएपछि ऋषि कट्टेल सर्वोच्च पुगेका हुन् ।