नेकपा प्रवेश गर्दै सुमन सायमि

नेकपा प्रवेश गर्दै सुमन सायमि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन्।

बुधबार एक कार्यक्रमबीच नेकपा प्रवेश गर्न लागेको सायमिले बताएका हुन्।

उनीसहित मुक्तिका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरूद्ध संघर्षरत नेताहरू पनि सहभागी हुन लागेका हुन्।

‘वैकल्पिक शक्ति भन्नेले सदनलाई रंगमञ्च बनाउने तयारी गरिरहेका छन्। बिना त्याग, तपश्या प्रधानमन्त्री घोषणा गरी बाँडफाँट गर्दै जानेविरूद्ध हामी एकीकृत हुँदैछौं,’ उनले भने, ‘हामीले उठाएका मुद्दा नेपाली कम्युनिस्ट पार्टीसँग मिल्ने भएकाले जान लागेका हौं।’