उपनिर्वाचनका लागि नेकपाले गुल्मीबाट उम्मेदवारको टुंगो लगायो

उपनिर्वाचनका लागि नेकपाले गुल्मीबाट उम्मेदवारको टुंगो लगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि गुल्मीमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ६ मा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको हो ।

नेकपा गुल्मी जिल्ला कमिटीका सचिव वीरबहादुर कार्कीका अनुसार सिञ्जाली सोही वडाका वडासदस्य हुन्। उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने भएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाएको छैन । अबको केही दिनभित्रै उम्मेदवारको टुंगो लगाइने कांग्रेस गुल्मी जिल्ला समितिले जनाएको छ ।

पूर्वएमालेबाट विजयी रुरु गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साउन १३ गते निधन भएपछि उक्त स्थान रिक्त छ ।