नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु, प्रदेश प्रमुख टुंगो लगाउने

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु, प्रदेश प्रमुख टुंगो लगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ‌(नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । आज बसेको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुख नियुक्तिको विषयमा छलफल गर्ने स्रोतले जानकारी दियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् ।
प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउने हुँदा सोमबारै नियुक्त गर्ने तयारी भइरहेको छ ।

नेकपा नेताहरुका अनुसार सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरुबारे छलफल गरी आजै टुंगो लगाइने छ ।

सचिवालय बैठकमा नाम टुंगो लागेपछि मन्त्रिपरिषद बैठक बसेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी छ ।