काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।
नेकपा महासचिव विष्णु पौडेलले सिफारिस गरिएका प्रदेश प्रमुखलाई प्रदेश तोक्न भने बाँकी रहेको जानकारी दिए । प्रदेश प्रमुखहरुमा अमिक शेरचन(चितवन), सोमनाथ प्यासी(काश्की), तिलक परियार (बाँके), विष्णु प्रसाईं(झापा), धर्मनाथ यादव (सिरहा) , शर्मिला त्रिपाठी(काठमाडौं) र गोविन्द कलौनी (डडेलधुरा) रहेका छन् ।




प्रतिक्रिया