बागलुङ – वाम गठबन्धन बनाएर उपनिर्वाचनमा सहभागिता जनाएका नेकपा र राष्ट्रिय जनमोर्चाले बाग्लुङको बुर्तिबाङमा शनिबार संयुक्त जनसभाको आयोजना गर्ने भएका छन् ।
सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपाका महासचिव बिष्णु पौडेल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यका लागि वाम गठबन्धनको तर्फबाट राजमोका खिमविक्रम शाही उम्मेद्वार छन् । सो क्षेत्रबाट निर्वा्चित सांसद टेक बहादुर घर्तीको गतवर्ष निधन भएपछि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
सो क्षेत्रमा नेपाली कांग्रेसले जीत शेरचनलाई उम्मेदवार खडा गरेको छ भने समाजवादी पार्टी नेपालले अशोक विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।




प्रतिक्रिया