काठमाडौं – रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ ।
नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका हुन् । उनले १७४ मत पाए । निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् ।
यो वडामा कुल मतदाता १२८४ थिए । तर २०९ मत मात्र खसेको थियो । थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएको थियो । यो त्यही वडा हो, जहाँ वडाध्यक्षसहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्व विजयी भएका थिए ।
फर्कबहादुरको निधनपछि वडा सदस्य भद्र झाँक्रीले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । मनोनयनको बेला उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर पछि उनले उम्म्दवारी फिर्ता लिएका थिए । विप्लव समूहको किल्ला रहेको थवाङबाट नेकपाले सानदार जित निकालेको हो । विप्लव समूहले भने यो उपनिर्वाचन बहिस्कार गरेको थियो ।




प्रतिक्रिया