प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरु, यस्ता छन् एजेण्डा

प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरु, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरू भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसेको हो । बैठकमा मंसिर १४ गते भएको उपनिवार्चनको मतपरिणामको समीक्षालगायत समसामयिक राजनीतिक विषयबारे छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेकाले बैठकमा सहभागी छैन् । सचिवालय सदस्यहरू झलनाथ खनाल र ईश्वर पोखरेल पनि काठमाडौंबाहिर भएकाले अनुपस्थित छन् ।

मंसिर ५ गतेको सचिवालय बैठकले प्रचण्डलाई पार्टी काममा बढी केन्द्रित हुने गरी जिम्मा दिएको थियो । उनले पार्टीको बैठकको आमरूपमा अध्यक्षता गर्ने निर्णय पनि बैठकले गरेको थियो ।

उक्त निर्णय भएपछि प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् ।