काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक सुरु भएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल–भारत सीमा विवाद, विधान संशोधन र अन्य गरी पाँच एजेन्डामा छलफल हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओल ीभने उपस्थित भएका छैनन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली आराम गरिराखेका छन् । नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ ।




प्रतिक्रिया