काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरू भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार विहान ११ बजेदेखि स्थायी कमिटी सदस्यहरुले धारणा राख्न सुरू गरेका छन् ।
नेकपामा ४५ सदस्यीय स्थायी कमिटी छ । एक वर्षपछि आइतबार स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव छलफलका लागि पेश गरेका थिए ।
प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा तयार पारेको प्रतिवेदनमा वर्तमान राजनीतिक घटनाको विश्लेषण,अन्तर्राष्ट्रिय परिस्थिति,पार्टी एकता सुदृढ गर्ने, सरकारका कामको समीक्षा, उपनिर्वाचन,सचिवालय निर्णयहरुको अनुमोदन सम्बन्धी प्रस्ताव र पार्टीका आगामी कार्यक्रमका रुपरेखा उल्लेख छ ।




प्रतिक्रिया