स्थायी कमिटी बैठक रोकेर नेकपाले बोलायो संसदीय दलको बैठक

स्थायी कमिटी बैठक रोकेर नेकपाले बोलायो संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक बस्ने भएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका विषयमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बस्न लागेको हो ।

दिउँसो २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको उपस्थित हुने या नहुने भन्ने निश्चित नभएको उपनेता सुवास नेम्वाङले जानकारी दिए । दलको बैठक र संसद् अधिवेशनका कारण स्थायी कमिटीको शुक्रबारको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली गत आइतबारदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका छैनन् । एपेण्डिसाइटिसको शल्यक्रियापछि बालुवाटारस्थित निवास बाहिरका कार्यक्रममा नगएका प्रधानमन्त्रीले नियमित कामचाहिँ निवासबाटै गरिरहेका छन् ।