नेकपाको सचिवालय बैठक स्थगित

नेकपाको सचिवालय बैठक स्थगित


काठमाडौं – आइतबार बिहान बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।पार्टी एकताका बाँकी कामलगायतबारे छलफल गर्न आज बिहान ११ बजे बोलाइएको नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार नियमित डायलाइसिस गरिएकाले आजको कुनैपनि कार्यक्रममा प्रधानमन्त्री सहभागि नहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।आजको बैठक स्थगित गरिएपनि अर्को बैठक बस्ने मिति तय नभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।