बुधबार बिहान नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

बुधबार बिहान नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक बुधबार बस्ने भएको छ ।

बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल हुने बताइएको छ । साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने बताइएको छ ।

पछिल्लो समय एमसिसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र पार्टी्भित्रबाटै दबाव आउन थालेपछि नेकपाले बैठकबाट उक्त विषय सम्बोधन गर्नेछन् ।

बैठक बिहान सवा ११ बजे बस्ने भनिएको छ । बैठकमा एमसीसी र पछिल्लो समय नेकपाले बनाएको कार्यदलले दिएको सुझावका विषयमा अध्यक्षद्वयले आफ्नो धारणा राख्ने बताइएको छ ।

यसअघि गत १० फागुन शनिबार बसेको बैठकमा यी विषयमा छलफल भए पनि नेतृत्व टुंगोमा पुग्न सकेको थिएन ।