केन्द्रीय कोषमा सहयोग गर्न प्रवासी नेपालीलाई नेकपाको आग्रह

केन्द्रीय कोषमा सहयोग गर्न प्रवासी नेपालीलाई नेकपाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास कमिटीले विश्वमा महामारीको रुप लिइरहेको नोबेल कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

नेकपा प्रवास कमिटीले प्रवासमा अलपत्र परेका नेपालीको उचित व्यवस्थापन, औषधोपचार र सुरक्षित बसाईको व्यवस्थापन मिलाउन सरकारसँग माग गरेको हो ।

प्रवास कमिटी अध्यक्ष युवराज चौलागाईंले एक विज्ञप्ति जारी गर्दै विदेशस्थित कूटनीतिक नियोगहरुलाई आपतकालिन र विशेष व्यवस्थासहित सक्रिय राख्न र आवश्यक परेको खण्डमा उपर्युक्त निर्णय लिन सरकारसँग माग गरेको छ ।

साथै कमिटीले कोरोना संक्रमितहरुको उपचारका लागि सरकारले घोषणा गरेको केन्द्रीय राहत कोषमा सक्दो आर्थिक सहयोग गर्न प्रवासी नेपालीलाई आग्रह गरेको छ ।

साथै कमिटीले महामारीबारे सरकार अघि सारेका नीतिहरु तथा रोकथामका प्रयासहरुको सराहना गर्दै परिस्थितिमा सुधार नआउन्जेल सम्मका लागि हाललाई प्रवास सम्बन्धि संगठनात्मक कार्यहरु स्थगन गरेको जानकारी दिएको छ ।