एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशनको मिति सार्ने तयारी

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशनको मिति सार्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधामन्त्री निवास बालुवाटारमा बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

आजको बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने तयारी गरेको छ । एमालेले यसअघि आगामी मङ्सिर २ देखि ६ मा महाधिवेशनको समय तोकेको थियो ।

आजको बैठकमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । हिजोको बैठकमा समेत नेपाल पक्षका नेताहरु सहभागी भएका थिएनन् ।

एमालेलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अघि बढाउन माग गरिरहेको नेपाल पक्षले आफ्ना माग पूरा नभएको बताएको छ । नेपाल पक्षले बालुवाटारमा हिज बसेको बैठकलाई अवैधानिक भनेको छ ।