काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हालेको रिट निवेदन विरुद्धको सुनुवाई सकिएको छ । एमालको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारबाहीलाई मान्यता नदिने सर्वोच्चको आदेशविरुद्ध परेको भ्याकेट निवेदनमाथिको सुनुवाइ सकिएको हो ।
अब फैसला आउन मात्रै बाँकी छ । सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष ओलीले सोमबार भ्याकेट निवेदन दिएका थिए । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा भ्याकेट निवेदनमाथि सुनुवाइ भएको हो ।
यसअघि कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर एमालेले गरेको सो कारवाहीलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बदर गरिदिएको थियो ।




प्रतिक्रिया