आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक अनिश्चित

आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक अनिश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चित भएको छ । मंगलबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका कारण स्थगित भएको थियो । मंगलबार बैठक स्थगित भएपछि आज बस्ने भनिएको थियो । तर, आज पनि बैठक अनिश्चित बनेको छ ।

ओली सरकारी निवास बालुवाटारबाट निजी निवास सर्ने भएकाले बैठक बस्ने सम्भावना कम रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । ‘बैठक बस्ने सम्भावना कम छ, पार्टी अध्यक्ष आज निजी निवास सर्दै हुनुहुन्छ । समय र स्थान तय भइसकेको छैन । भ्याएको खण्डमा आजै बैठक बसेर केन्द्रीय कमिटी बैठकको मिति तय गर्छौं,’ उनले भने ।

अब बस्ने बैठकमा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमक रुपमा प्रस्तुत हुने अनुमान गरिएको छ । प्रधनमन्त्रीका रुपमा अन्तिम सम्बोधनका क्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने नेपाल समूहप्रति कडा शब्दमा खेद प्रकट गरेका थिए ।

आन्तरिक विवादमा रहेको एमाले सर्वोच्च अदालतले ओलीलाई हटाउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि झनै जटिल मोडमा पुगेको छ ।