एमाले विवाद : माधव नेपाल फकाउन कोटेश्वर पुगे घनश्याम भुसाल

एमाले विवाद : माधव नेपाल फकाउन कोटेश्वर पुगे घनश्याम भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो समय पार्टी एकतालाई जोगाउन भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरुले निरन्तर वार्ता चलाईरहेका छन् । पार्टी एकताका लागि निरन्तर वार्तामा रहेका नेताहरु आज निर्णायक छलफलमा जुटेका छन् ।

होटल समिटमा भइरहेको छलफलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कार्यदलका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकार पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट छन् ।

छलफलकै बिचमा घनश्याम भूसाल माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । पार्टी एकताको लागि तयार पारिएको प्रस्तावमा छलफल गर्न भूसाल कोटेश्वर पुगेका हुन् । शुक्रबारदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ ।

शुक्रबारको बैठकले माधव नेपाल पक्षका सांसदहरुलाई सर्वोच्चमा दायर गरिएको रिटमा गरिएको हस्ताक्षर सोमबार ५ बजेभित्र फिर्ता लिन निर्देशन दिएको थियो । सहमतिका लागि तयार पारिएको मस्यौदामा ओली सहमत भए पनि नेता नेपाल सहमत भइसकेका छैनन् ।