एमाले कार्यदलकाे बैठक : १० दिनदेखिकाे प्रगति शून्य

एमाले कार्यदलकाे बैठक : १० दिनदेखिकाे प्रगति शून्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार साँझ बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी सकिएको हो ।

एमाले नेता सुवास नेम्वाङले भोलि साढे ११ बजे बस्ने बैठकले ठोस निष्कर्ष निकाल्ने बताए । आजको बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले सहमतिका लागि तयार पारेको मस्यौदामाथि छलफल हुने बताइएको थियो । तर, कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थिति नभएपछि नेताहरु भोली बस्ने भन्दै उठेका हुन् ।

माधव पक्षका नेता घनश्याम भुसालले १० दिनदेखि प्रगति शून्य रहेको भन्दै निराशा व्यक्त गरे । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच देखिएका विवाद समाधान गर्न दोस्रो तहका नेताहरु निरन्तर लागिरहेका छन् । यसअघि आजै बिहान बसेको बैठकमा केही तयारी अपुग भएकाले दिनभर तयारी गरेर साँझ बस्नेगरी नेताहरु आन्तरिक परामर्शमा लागेका थिए ।

अध्यक्ष ओलीले पार्टी एकताका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको एमालेका सांसदहरूको हस्ताक्षर अदातलको फैसलाअघि नै फिर्ता गराउन माग गरेका छन् भने नेता नेपालले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिनेअडान लिएका छन् ।