प्रधानमन्त्री विरुद्ध वैद्यको अभिव्यक्ति आपराधिकः नेकपा एमाले

प्रधानमन्त्री विरुद्ध वैद्यको अभिव्यक्ति आपराधिकः नेकपा एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले नेपाली कांग्रेसका वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिको भत्र्सना गरेको छ ।

शनिबार एमालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्नेबारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको हो ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ,’ पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ,’ प्रवक्ता ज्ञवालीले भनेका छन् ।

शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए । वैद्यको उक्त विवादास्पद अभिव्यक्तिप्रति चौतर्फी विरोध भइरहेको छ ।