काठमाडौं – आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
सभामुख चयन र एमसीसीबारे छलफल गर्न बसेको बैठकले कुनै विषयमा निर्णय नै नगरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । रिक्त रहेको सभामुख पदमा कसलाई पठाउने भन्नेबारेमा नेकपामा विवाद चलिरहेको छ ।
समयअभावका कारण छलफल हुन नकेको बताउँदै नेकपा महासचिव विष्णु पौडेलले छिटै बस्ने अर्को बैठकले यसबारे थप छलफल र आवश्यक निर्णय गर्ने जानकारी दिए ।
एमसीसीमार्फत् प्राप्त हुने ५५ अर्ब अनुदान स्वीकार गर्ने कि नगर्ने भन्ने बहस पनि नेकपाभित्र छ । अमेरिकाले यो सहयोग इण्डो प्यासिफिक रणनीतिअन्तर्गत भएको समाचार प्रकाशमा आएपछि नेकपाका लागि यो टाउको दुखाइको विषय बनेको छ ।




प्रतिक्रिया