सभामुखको टुंगो लगाउन नेकपाले बोलायो सचिवालय बैठक

सभामुखको टुंगो लगाउन नेकपाले बोलायो सचिवालय बैठक


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न (पुस १७ गते) भोलि ४ बजे बैठक बोलाइएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

भोलिको बैठकमा विशेषगरी आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौट र सभामुखबारे छलफल हुने महासचिव पौडेलले जानकारी दिए ।

मङ्गलबार प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको उम्मेदवार छनोट गर्न छलफल भएपनि सहमति जुट्न सेकेको थिएन ।