नेकपा सचिवालय बैठक बस्दै, अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन मुख्य एजेण्डा

नेकपा सचिवालय बैठक बस्दै, अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन मुख्य एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ ।

अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र समसामयिक विषय रहेको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

१५ माघबाट सुरू हुने पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्ने राजनीतिक प्रतिवेदन अनुमोदन गर्ने मुख्य एजेण्डा रहेको छ ।

२९ मङ्सिरदेखि पुुस ०७६ मा बसेको स्थायी समिति सदस्यले राखेका धारणा र प्रतिक्रिया आवश्यक संशोधनसहित दुवै अध्यक्षले प्रतिवेदन तयार पारेका हुन् ।

भोलिदेखि राष्ट्रिय सभागृहमा हुने केन्द्रीय समिति बैठकमा पार्टीले समूह छुट्याएर केन्द्रीय सदस्यहरूलाई छलफलमा सहभागी गराउने कार्यक्रम छ ।

अमेरिकी सरकारले अघि सारेको इन्डो–प्यासिफिक रणनीटिको मिलिनयिम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट पास गराउने, नगराउनेबारे केन्द्रीय सदस्यहरूले बैठकमा छलफल गर्ने छन् ।