नेकपा सचिवालय बैठक सुरु, यस्ता छन् बैठकका एजेण्डा

नेकपा सचिवालय बैठक सुरु, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता, संविधान संशोधन, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमसीसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र नेकपाभित्रैबाट दबाव आउन थालेपछि नेकपाले बैठकमार्फत निर्णय गर्न लागेको हो ।

यसअघि गत १० फागुन शनिबार बसेको सचिवालय बैठकमा एमसीसीबारे छलफल भए पनि निर्णय भएको थिएन । फागुन ९ मा नेकपाको एमसीसी अध्ययन कार्यदलले १९ दिन लगाएर अध्ययन प्रतिवेदन सुझावसहित अध्यक्षलाई बुझाएको थियो ।