भोलिको नेकपा स्थायी कमिटी बैठक नरोकिने

भोलिको नेकपा स्थायी कमिटी बैठक नरोकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहिबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेताहरुको छलफल बिना निष्कर्ष टुंगिएपनि भोली बस्ने भनिएको स्थायी कमिटी बैठक नरोकिने भएको छ ।

करीव ३ घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा बिना निष्कर्ष टुंगिएको हो ।

नेताहरुबीच भएको छलफलमा बिना निष्कर्ष टुंगिए पनि भोलि बस्ने भनिएको बैठक जारी राख्ने सहमति भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्न सकेको छैन ।