काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ ।
आज (आइतबार) दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका ३२ वटा केन्द्रीय विभाग र जनवर्गीय संगठनका इन्चार्ज रसहइन्चार्ज टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ ।
नेकपाका नीति तथा प्रतिष्ठानसहित ३३ विभागमध्ये ३२ वटा विभागको भागबन्डा मिलिसकेको छ । स्कुल विभागमा विवाद आएकाले पूर्वएमाले वा पूर्वमाओवादीमध्ये कसलाई दिने भन्ने सहमति जुट्न सकेको छैन ।
मुख्य विभागको नेतृत्वमै नेताहरूबीच सहमति नभएपछि यसअघि डाकिएका दुई वटा सचिवालय बैठक स्थगित भैसकेका छन् । स्कुल विभागमा पूर्वएमालेबाट रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल र पूर्वमाओवादीबाट पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, र पूर्वएमालेबाटै स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि स्कूल विभागमा दावी गरेका छन् ।
नौ सदस्यीय सचिवालय सदस्यमध्ये वामदेव गौतम र नारायणकाजी श्रेष्ठमात्रै सरकार र संसदीय जिम्मेवारीमा नरहेकाले पार्टी कामको महत्वपूर्ण जिम्मेवारी दुई नेतालाई दिनुपर्छ भन्ने तर्क पूर्वमाओवादी पक्षको छ भने पूर्वएमाले पक्ष स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्ने विषयमा विभाजित छ ।




प्रतिक्रिया