नेकपाको सचिवालय बैठक स्थगित


काठमाडौं – आज (मंगलबार) दिउँसो तीन बजे बस्ने भनिएकोे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

सबै सचिवालय सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेपनि तयारी नपुगेको भन्दै बैठक भोलि ११ बजेसम्मलाई स्थगित गरिएको नेकपाका केनिद्रय सदस्य विष्णु रिजालले जानकारी दिए ।

आजको बैठकमा पार्टीका विभिन्न आयोगको नेतृत्व टुंग्याउने तयारी थियो । त्यस्तै नेकपाकै बरिष्ठ नेता माधवकुमार नेपालले भने आज लिखित रूपमा फरक मत दर्ता गर्ने तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement