महरा प्रकरणमा नेकपाको आकस्मिक बैठक, राजीनामा दिन लगाउने तयारी

महरा प्रकरणमा नेकपाको आकस्मिक बैठक, राजीनामा दिन लगाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि सोही सम्बन्धमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा महरालाई राजीनामा दिन लगाउने सम्भावना रहेको स्रोतले बतायो ।

यसअघि महराको विषयमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल तथा पूर्व सभामुख सुवाष नेम्वाङबीच छलफल भएको हो । सभामुख महराप्रति लगाइएको यौन दुर्व्यवहारको आरोप सोमबार साँझ सार्वजनिक भएको थियो ।