शुक्रबार बोलाइएको नेकपाको बैठक अचानक स्थगित

शुक्रबार बोलाइएको नेकपाको बैठक अचानक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेताहरुको कार्यविभाजन, सरकारको समीक्षा लगायत विषयमा छलफल गर्न शुक्रबार (आज) बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

गृहकार्य नपुगेको भन्दै बैठक स्थगनको जानकारी आएको एक नेताले जानकारी दिए । बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजका लागि बैठक बोलाउने सहमति भएको थियो ।

सोही सहमतिअनुसार बैठक बोलाइए पनि गृहकार्य नपुगेको भन्दै बैठक स्थगन गरिएको छ । पछिल्लो समय अध्यक्ष प्रचण्ड सरकारको कार्यशैलीप्रति खुलेरै विरोधमा उत्रिएका छन् ।

प्रचण्डले केही दिनअघि आफ्नै निवास खुमलटारमा भेट्न गएका सरोकारवालासँग गुठी विधेयकको चर्को विरोध गरेका थिए । यस्तै उनले बिहीबार पोखरामा सञ्चारकर्मीसँग समावेशीताको मर्म र भावनावपरीत लोकसेवा आयोगले खुलाएको कर्मचारी विज्ञापनको विरोध गरका थिए ।