सहमति जुट्न नसकेपछि नेकपा बैठक स्थगित

सहमति जुट्न नसकेपछि नेकपा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक नेताहरूको कार्यविभाजन र पार्टीका विभिन्न विभाग गठनमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ ।

प्रधामनन्त्री निवास बालुवाटारमा मंगलवार बसेको बैठक भोलि मध्याह्नसम्मका लागि स्थगित भएको हो ।  कार्यविभाजनमा छलफल भएपनि सहमति जुटिनसकेकाले भोलि मध्याह्न पुनः बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकमा ७७ जिल्लाका इन्चार्ज र सह इन्चार्ज तोक्नेबारे छलफल भए पनि सहमतिमा नपुगेका कारण बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।