स्कुल विभागमा सहमति, सुरु भयो नेकपा सचिवालय बैठक


काठमाडौं – स्कुल विभागमा टुंगो नलागेका कारण यसअघि पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सुरु भएको छ ।

नेकपाको स्कुल विभाग अध्यक्ष मातहतमै राख्ने अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति भएपछि नेकपाको सचिवालय बैठक सुरु भएको हो ।

सोमबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले बैठक सुरु भएको जानकारी दिए ।

सो विभागमा पूर्वमाओवादीका नारायणकाजी श्रेष्ठ, पूर्व एमालेका ईश्वर पोखरेल, घनश्याम भुसालले दावी गर्दै आएका छन् ।

दुवै समूहले दावी गरेपछि अन्ततः अध्यक्षले नै स्कुल विभाग राख्ने सहमतिपछि सचिवालयको बैठक सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement