बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारमा केहीबेरअघि बैठक सुरु भको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको बैठकले राष्ट्रियसभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने स्रोतले जानकारी दियो । त्यस्तै आजको बैठकमा पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार सांझ प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष गौतमबीच छलफल भएको थियो । प्रधानमन्त्री निकट स्रोतकाअनुसार प्रधानमन्त्री ओली गौतमलाई राष्ट्रियसभामा पठाउन सहमत भएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा अर्थमन्त्री खतिवडालाई पठाउने चाहना व्यक्त गरेपछि आफुलाई राष्ट्रियसभामा लिने पार्टीको निर्णय कार्यान्वयन हुनुपर्ने गौतमले बताएका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार सांझ बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग समेत छलफल गरेका थिए । छलफलमा अध्यक्ष प्रचण्डले पनि गौतमलाई राष्ट्रियसभामा पठाएर पार्टीको निर्णय लागू गर्न आग्रह गरेका थिए । त्यस्तै नेकपा सचिवालय सदस्यहरुको पनि गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने माग गरेका छन् ।