नेकपामा विवाद : योगेश भट्टराईले दिए पाँच सुझाव

नेकपामा विवाद : योगेश भट्टराईले दिए पाँच सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कूल विभागको प्रमुख टुंग्याउन विवाद भइरहेको बेला नेकपाका युवा नेता योगेश भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

नेकपा सचिवालय सदस्यका नेताद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले स्कूल विभागमा आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला नेता भट्टराईले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वको ध्यानाकर्षण गर्न भन्दै आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।

नेता भट्टराईले कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा मात्रै जिम्मेबारी दिनुपर्नेमा जोड दिएका छन् ।

कसैलाई पनि स्थायी रुपमा कुनै जिम्मेवरी दिनु नहुने, हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गर्नुपर्ने उनको धारणा छ ।

यस्तो छ नेता भट्टराईले पार्टी नेतृत्वलाई दिएको पाँच सुझाब :

१.कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊँ ।

२.कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊँ। हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौँ।

३.पार्टीमा भूगोल, बिभाग र फाँट गरी कामका तीन क्षेत्र छन्। रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊँ ।

४.प्रत्येक ब्यक्तिको कार्य मूल्याङ्कनलाई वैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊ ।

हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौँ । त्यसका आधारमा पुरस्कृत र दन्डित गर्ने पारीपाटी बसालौँ ।

५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौँ र बुझाऔँ ।